Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आकाशियो अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको भाउ कति पुग्यो ?

आकाशियो अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको भाउ कति पुग्यो ?

अर्थ प्लस
आकाशियो अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको भाउ कति पुग्यो ?

काठमाडौँ, असार ६ । नेपाल राष्ट्र बैङ्कले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरलगायतका विदेशी मुद्राको भाउ आकाशिएको छ । 

अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएकोमा आज बढेर खरिदमा १३८ रुपैयाँ ४६ पैसा र बिक्रीमा १३९ रुपैयाँ ०६ पैसा पुगेको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७० रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९८ पैसा तोकिएको छ ।
 
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा कायम भएको छ ।
 
विस्तृत तालिकामा हेर्नुस्  

note.JPG

सम्बन्धित समाचार