Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

अर्थ प्लस
उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

आइतबार, असार ८, २०८२
काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । यस दिन देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो कोसी प्रदेशका पहाडी भूभाग, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । “वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागको धेरै स्थानहरूमा तथा बाँकी भूभागको केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

महाशाखाले आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

“कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

राति देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार