Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

"६० लाख नागरिक जोडिएको शेयर बजारमा आवश्यक नितिगत सहजिकरण गरिनेछ" : अर्थमन्त्री

"६० लाख नागरिक जोडिएको शेयर बजारमा आवश्यक नितिगत सहजिकरण गरिनेछ" : अर्थमन्त्री

अर्थ प्लस
"६० लाख नागरिक जोडिएको शेयर बजारमा आवश्यक नितिगत सहजिकरण गरिनेछ" : अर्थमन्त्री

काठमाडौ, २७ फागुन । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर बजारमा निर्धक्क साथ लगानी गर्न लगानीकर्ताहरुलाई आव्हान गर्नु भएको छ। अर्थमन्त्री पुनले ६० लाख नागरिकहरु जोडिएको शेयर बजारलाई आवश्यक नितिगत तथा व्यवहारिक सहजिकरण गर्ने बताउनुभएको छ।

आफु २०११ सालमा अर्थमन्त्रालय सम्हाल्दाको समयलाई सम्झिदै, २००८ को विश्व संकट पश्च्यात देशको घरजग्गा र शेयर बजारमा त्यस बेला रहेका समस्यालाई आफुले समाधान गरेको बताउदै यसपाली पनि शेयर बजार तथा घरजग्गा सम्बन्धी समस्याको निवारण गरिने अर्थमन्त्री पुनले जानकारी दिनुभयो।

घरजग्गामा आवश्यक नितिगत सुधार गरिने र घरजग्गा बिस्तारै चलायमान हुने भएकाले त्यसमा आत्तिनु नपर्ने भन्दै मन्त्री पुनले बताउनुभएको छ।

त्यसैगरी, लघुवित्त तथा सहकारी पिडितको समस्यालाई क्रमिक रुपमा सुधार गरिने साथसाथै निक्षेपकर्ता डराउनु नपर्ने र धरासाहि अवस्थामा रहेका लघुवित्त तथा सहकारीलाई जोगाउने राज्यको दायित्व भएकाले त्यसै अनुरुप आफुहरु अगाडि बढ्ने उहाँले प्रतिबद्धता जाहिर गर्नुभयो।

सम्बन्धित समाचार