Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

अर्थ प्लस
दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

बुधबार, ११ असार २०८२
काठमाडौं– नेपालका लागि दक्षिण अफ्रिकाको मानार्थ वाणिज्यदूत प्रदिपकुमार श्रेष्ठले दक्षिण अफ्रिकी गणतन्त्रका नवनियुक्त राजदूत प्रा। अनिल सुकलाल र उनकी पत्नी डा. निलिस्त्र सुकलाल सिंहलाई स्वागत गरेका छन्।

ललितपुरस्थित वाणिज्यदूत कार्यालयमा आयोजित विशेष कार्यक्रममा श्रेष्ठले राजदूत सुकलाल दम्पतीलाई औपचारिक स्वागत गर्दै नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ गर्न उच्चस्तरीय सहकार्यको आवश्यकता औंल्याए।

कार्यक्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउने, व्यापारिक तथा लगानीका सम्भावनाहरू पहिचान गर्ने, र उच्चस्तरीय प्रतिनिधिमण्डल आदानप्रदान गर्ने विषयमा विस्तृत छलफल सम्पन्न भएको थियो।

दुवै पक्षले अनुभव आदानप्रदान, व्यापार प्रवर्द्धन र पारस्परिक हितमा आधारित सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा दक्षिण अफ्रिकी राजदूत सुकलालले नेपालको विविध सांस्कृतिक, भौगोलिक र आर्थिक सम्भावनाको प्रशंसा गर्दै आगामी दिनमा सहकार्यलाई थप विस्तार गर्ने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार