Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

कामना सेवा विकास बैंकको मुद्धती खाताबाट मोबाइलमार्फत तत्काल कर्जा लिन सकिने

कामना सेवा विकास बैंकको मुद्धती खाताबाट मोबाइलमार्फत तत्काल कर्जा लिन सकिने

अर्थ प्लस
कामना सेवा विकास बैंकको मुद्धती खाताबाट मोबाइलमार्फत तत्काल कर्जा लिन सकिने

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना मुद्धती खाता भएका ग्राहकहरूका लागि अत्यन्तै उपयोगी सुविधा सुरु गरेको छ । 

बैंकले मोबाईल बैंकिङ एपबाट ग्राहकहरूले आफ्नो मुद्धती खातामा रहेको रकमको आधारमा आवश्यक परेको बेला बैंकको मोबाइल बैंकिङ एपमार्फत नै कर्जा आवेदन दिन सक्ने र तुरुन्तै रकम आफ्नै खातामा जम्मा गर्न सक्ने सुविधा सुरु गरेको हो।

व्यस्त समयमा समेत आफ्नो मुद्धतीखाताको रकम जुनसुकै वेला जुनसुकै स्थानवाट कर्जा लिन सकिने भए पश्चात कार्यालय समय पनी कुर्नु नपर्ने, बैंकको शाखा सम्म पनि पुग्नु नपर्ने भएसँगै ग्राहकहरु प्रत्यक्ष लाभान्वीत हुन विश्वास बैंकले लिएको छ ।

बैंकले यसअघि नै अनलाईनबाट खाता खोल्ने र मोबाईल बैंकिङ एपबाट नै मुद्धती खाता खोल्न सक्ने व्यवस्था गरिसकेको छ ।

सम्बन्धित समाचार