Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सभामुख घिमिरेले बोलाए प्रमुख तीन दलका, मुख्य सचेतकरूको बैठक

सभामुख घिमिरेले बोलाए प्रमुख तीन दलका, मुख्य सचेतकरूको बैठक

अर्थ प्लस
सभामुख घिमिरेले बोलाए प्रमुख तीन दलका, मुख्य सचेतकरूको बैठक

शनिबार, असार १४, २०८२
काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका मुख्य सचेतकरूको बैठक बोलाएका छन् । सभामुखले बिहान साढे १० बजे बानेश्वरमा प्रमुख तीन दलका मुख्य सचेतकको बैठक बोलाएका हुन् ।

रास्वपाको संसदीय दलको बैठक भएकाले रास्वापका प्रमुख सचेतकसँग बैठक सकिएपछि तीन दलका मुख्य सचेतकसँग छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ । त्यसअघि सभामुखले दलका सचेतकहरूसँग छलफल गर्न लागेका हुन् । आजको बैठकबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘आर्थिक विधेयक, २०८२’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ पारित गर्ने कार्यसूची छ ।

सम्बन्धित समाचार