Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

संघीय संसद् अन्तर्गत आज ४ वटा संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित)

संघीय संसद् अन्तर्गत आज ४ वटा संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित)

अर्थ प्लस
संघीय संसद् अन्तर्गत आज ४ वटा संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित)

सोमबार,२०८२ असार १६ गते
काठमाडौं। । संघीय संसद अन्तर्गतका ४ वटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गरिनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । जुन बैठक बिहान ८ः३० बजेवाट सुरू हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ भने संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुन बाँकी सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषदका सदस्यको सुनुवाइ गरिनेछ । जुन बैठक बिहान ८ः०० बजेवाट सुरू हुनेछ ।

सम्बन्धित समाचार