Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

 तोकिएको समयमा विधेयक पारित नभएपछि शिक्षकहरू आक्रोशित, कडा आन्दोलनको चेतावनी

 तोकिएको समयमा विधेयक पारित नभएपछि शिक्षकहरू आक्रोशित, कडा आन्दोलनको चेतावनी

अर्थ प्लस
 तोकिएको समयमा विधेयक पारित नभएपछि शिक्षकहरू आक्रोशित, कडा आन्दोलनको चेतावनी

काठमाडौं ।  तोकिएको समयमा विद्यालय शिक्षा विधेयक पारित नभएपछि शिक्षकहरू सशंकित बनेका छन् । तोकिएको समय (असार १५ भित्र) ऐन संसद्‌बाट पारित नभएपछि नेपाल शिक्षक महासंघले आज एक विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण भएको हो ।

“प्रतिबद्धता अनुरूप २०८२ असार १५ गतेसम्म पनि विद्यालय शिक्षा विधेय प्रतिनिधिसभामा पेस भएको छैन । यसबाट आम नेपाली शिक्षक–कर्मचारी सशंकित र आक्रोशित भएका छन्,” महासंघले भनेको छ ।

महासंघले विगतमा शिक्षकहरूसँग भएका सहमतिलाई समेटेर विधेयक अविलम्ब प्रतिनिधिसभामा पेस गरेर पारित गर्न पनि आग्रह गरेको छ । विधेयकबारे संसद्को शिक्षा समितिमा छलफल भइरहेको छ ।

महासंघले षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जाने चेतावनी पनि दिएको छ । महासंघले भन्यो –यो कार्यमा विलम्ब गर्ने सुविधा कसैलाई छैन । यस काममा कुनै पनि खालको विलम्ब र षड्यन्त्र भएमा महासंघ तुरुन्तै आन्दोलनमा जान बाध्य हुने कुरा उद्घोष गर्दछौँ । अब हुने आन्दोलनबाट सिर्जना हुन सक्ने परिणामप्रति सचेत रहन तथा यो परिस्थिति निर्माण हुन नदिन सक्रिय र गम्भीर रहन सम्बन्धित सबैमा महासंघले अपिल गरेको छ । सरकारले महासंघसँग गत वैशाख १७ गते विधेयकलाई असार १५ गतेभित्र पारित गर्ने सहमति गरेको थियो ।

सम्बन्धित समाचार