Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

२०८२ साल असार १९ गते असार शुक्ल अष्टमी,बिहीवार

२०८२ साल असार १९ गते असार शुक्ल अष्टमी,बिहीवार

अर्थ प्लस
२०८२ साल असार १९ गते असार शुक्ल अष्टमी,बिहीवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज तपाईंको वाणी मीठो हुनेछ, जसले मान्छेको मन जित्न सक्नुहुन्छ। घर–परिवारमा खुसी र सल्लाहले काम बन्नेछ। भाग्य साथ दिनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 

मायालु व्यवहारले सबैको मन जित्नुहुनेछ। परिवारको साथले मन हलुका र शान्त हुनेछ। घरको काममा सहयोगी भूमिका खेल्नु होला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बोल्दा सतर्क हुनुहोस्, तपाईंका शब्दहरू आज धेरै असर पार्नेछन्। लेखन, पढाइ, वा कुनै प्रस्तुतीमा प्रशंसा पाइने दिन।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मिठो कुराकानी र आत्मीयता रहने दिन हो। आज आफ्नो मनको कुरा अरुलाई भन्न सकिनेछ र उनीहरूले ध्यानपूर्वक सुन्नेछन्।

  सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पुराना योजना बन्नेछन्। आत्मबल बलियो हुनेछ। मान–सम्मान बढ्ने संकेत। दान–पुण्य वा धार्मिक सोच लाभदायक हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

मन हलुका, विचार शुद्ध र निर्णय बलियो हुने दिन। नयाँ काम सुरु गर्न राम्रो समय हो। शरीर, मन र बोली सबैमा सन्तुलन हुनेछ।

 
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

शान्त र ध्यानमा रमाउने समय। बोल्नुभन्दा बढी सुन्नु राम्रो हुनेछ। एकान्त वा ध्यानले ऊर्जा दिनेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मित्रता, सहयोग र समूहमा काम गर्न राम्रो दिन हो। सामाजिक काम वा अरुको सेवा गर्दा सुख मिल्नेछ।

 धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

कामको ठाउँमा तपाईँको इज्जत बढ्नेछ। उच्च पद वा अवसर प्राप्त हुन सक्छ। बोलि र व्यवहारले सबैलाई आकर्षित गर्नुहुनेछ।

मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे, खो, गा, गि)

मन्दिर जान मन लाग्नेछ, वा कुनै धार्मिक वा शान्त काममा मन जानेछ। गुरु वा जान्ने मानिससँगको भेट लाभदायक हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

केही कुरा गहिराइमा चलिरहेको छ, तर अहिले नै बुझिन्न। तर, नयाँ परिवर्तनको संकेत छ। आफूभित्रको शक्ति चिन्नुहोस्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मन शान्त, सम्बन्धमा मिठास र साथीभाइको साथ पाइने दिन हो। कुनै शुभ समाचार वा भेट पनि सम्भव छ।

तपाईं को दिन शुभरहोस ।

सम्बन्धित समाचार