Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

यस वर्ष ६० हजार बढीमा डेंगी संक्रमण हुनसक्ने अनुमान

यस वर्ष ६० हजार बढीमा डेंगी संक्रमण हुनसक्ने अनुमान

अर्थ प्लस
यस वर्ष ६० हजार बढीमा डेंगी संक्रमण हुनसक्ने अनुमान

काठमाडौं– यस वर्ष ६० हजारभन्दा बढीमा डेंगी संक्रमण हुनसक्ने अनुमान गरिएको छ।​

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो ।अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगी फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेंगी संक्रमण तीब्र गतिमा फैलिने हुँदा सचेत हुन आग्रह गरे ।

उनका अनुसार साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेंगी संक्रमण बढ्ने उच्च जोखिम छ । उनले हालसम्म ७३ जिल्लाबाट १ हजार ६ सयको हाराहारीमा डेंगी संक्रमण पुष्टि भएको बताए । उनले बिरामीमा लक्षण नदेखिने, डेँगु परीक्षण नगर्ने र परीक्षण भएपनि रिपोर्ट नदिने कारणले डेंगी संक्रमणको तथ्याङ्क कम देखिएको बताए । 

उनले डेंगी संक्रमण बढ्ने अनुमान गरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयनको चरणमा गइसकेको समेत बताए । उनले डेंगी नियन्त्रणका लागि सबैभन्दा ठूलो भूमिका स्थानीय तहको भएको उल्लेख गर्दै स्थानीय तहहरूसँग समेत आवश्यक समन्वय र सहकार्य भइरहेको बताए ।

सम्बन्धित समाचार