Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

यी प्रदेशहरूमा अत्याधिक बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यी प्रदेशहरूमा अत्याधिक बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

अर्थ प्लस
यी प्रदेशहरूमा अत्याधिक बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, असार २१ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको छ ।

आज राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। 

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको छ।

सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार