Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

वर्षाले अरनिको राजमार्गसहित तीन सडक अवरुद्ध, ६७ स्थानमा एकतर्फी सञ्चालन

वर्षाले अरनिको राजमार्गसहित तीन सडक अवरुद्ध, ६७ स्थानमा एकतर्फी सञ्चालन

अर्थ प्लस
वर्षाले अरनिको राजमार्गसहित तीन सडक अवरुद्ध, ६७ स्थानमा एकतर्फी सञ्चालन

काठमाडौं- मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाका कारण देशभरका विभिन्न सडकहरू अवरुद्ध भएका छन् । सडक विभागका अनुसार शनिबार बिहानदेखि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

शनिबार बिहानदेखि अरनिको राजमार्गको धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड अवरुद्ध भएको जनाएको छ । उक्त स्थानमा सडक क्षति पुगेकाले मर्मत गर्ने (फिलिङ गर्ने) काम भइरहेको विभागले जनाएको छ । यो राजमार्ग अवरुद्ध हुँदा चीनसँगको तातोपानी नाका जोड्ने यातायात प्रभावित भएको छ ।

यसैगरी शुक्रबारदेखि बागलुङको निसीखोला–७ स्थित भूमिथान खोलामा सडक अवरुद्ध हुँदा कक्रहवा (भारत सीमा)–रुद्रपुर, सालझण्डी–सन्धिखर्क–देवीस्थान र बूर्तीवाङ–ढोरपाटन सडक खण्डमा यातायात ठप्प भएको छ ।

साथै  काभ्रेपलान्चोकको बनेपा नगरपालिका ४ र १ को सीमा जोड्ने पुल शुक्रबार राति भाँचिएपछि नाला–च्यामासिङ सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । यसैगरी वर्षातका कारण देशका विभिन्न ६७ स्थानमा पहिरो जाँदा सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेका छन् ।

यसले गर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको छ भने यातायात व्यवस्थापनमा चुनौती थपिएको छ । विभागले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी राखेको जनाएको छ ।  

सम्बन्धित समाचार