Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित ‘धेरै भारी’ वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित ‘धेरै भारी’ वर्षाको सम्भावना

अर्थ प्लस
आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित ‘धेरै भारी’ वर्षाको सम्भावना

आइतबार, असार २२, २०८२
काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली (बादलरवर्षा) को पूर्वानुमान गरिएको छ । केही स्थानमा ‘धेरै भारी’सम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन दिउँसो कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

“बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाद्वारा आइतबार बिहान जारी बुलेटिनमा उल्लेख छ, “देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।”

यस दिन राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि भारी र धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

“वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

महाशाखाका मौसमविद् डेविड ढकालले धेरै वर्षाको सम्भावना दिउँसोभन्दा राति बढी रहेको जानकारी दिए । अरू केही मौसमविद्ले पनि आज बेलुका र राति पश्चिम नेपालका केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याएका छन् ।

सम्बन्धित समाचार