Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

प्रतिनिधिसभाको बैठक अपराह्न १ः१५ बजे बस्दै, यस्तो सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक अपराह्न १ः१५ बजे बस्दै, यस्तो सम्भावित कार्यसूची

अर्थ प्लस
प्रतिनिधिसभाको बैठक अपराह्न १ः१५ बजे बस्दै, यस्तो सम्भावित कार्यसूची

मङ्गलबार, २४ असार २०८२

काठमाडौँ। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

 

सम्बन्धित समाचार