Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

रसुवामा बाढी : प्रहरी सहायक निरीक्षकसहित बेपत्ता हुनेको संख्या १८ पुग्यो

रसुवामा बाढी : प्रहरी सहायक निरीक्षकसहित बेपत्ता हुनेको संख्या १८ पुग्यो

अर्थ प्लस
रसुवामा बाढी : प्रहरी सहायक निरीक्षकसहित बेपत्ता हुनेको संख्या १८ पुग्यो

मंगलबार, असार २४, २०८२
 
काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुनेको संख्या १८ पुगेको छ । जिल्लाको टिमुरेमा बाढीमा १८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी बेपत्ता भएका हुन् । चारजना चिनियाँ कामदारसहित १८ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

सम्बन्धित समाचार