Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

बेंसीसहर–चामे सडकमा रातीको समय सवारी सञ्चालनमा रोक

बेंसीसहर–चामे सडकमा रातीको समय सवारी सञ्चालनमा रोक

अर्थ प्लस
बेंसीसहर–चामे सडकमा रातीको समय सवारी सञ्चालनमा रोक

लमजुङ। लमजुङ र मनाङ जोड्ने बेंसीसहर–चामे सडकमा आज रातीदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। 

म्ंगलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउनभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार सो समय अत्यावश्यकबाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। 

वर्षाका कारण विपद्को अवस्था सिर्जना हुन सक्ने भएकाले यात्रु तथा सवारीमा क्षति हुन नदिन सुरक्षाका लागि अर्को निर्णय नभएसम्म बेँसीसहर–चामे–खाङसार (माथिल्लो मनाङ) सडक खण्डमा रातीको समयमा सार्वजनिक, निजी तथा सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।

चामे नजिकैको कोतोबाट अपराह्न साढे ४ बजेपछि बेँसीसहरका लागि सवारी छुट्न नपाइने व्यवस्था गरिएको छ। ती सवारीसाधन नासो गाउँपालिका–१ स्थित तालडाँडा प्रहरी चौकीबाट बेलुकी साढे ६ बजेभन्दा अघिसम्म छुटिसक्नुपर्नेछ।

६५ किलोमिटर रहेको यो सडकमध्ये ३५ किलोमिटर लमजुङ र ३० किलोमिटर सडक मनाङमा पर्छ। बेँसीसहरमा रहेको तत्कालीन नेपाली सेना कार्यगणले २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो।–रासस

सम्बन्धित समाचार