Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सानिमा जिआइसी इन्स्योरेन्सद्वारा विद्यालयहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण

सानिमा जिआइसी इन्स्योरेन्सद्वारा विद्यालयहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण

अर्थ प्लस
सानिमा जिआइसी इन्स्योरेन्सद्वारा विद्यालयहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण

बुधबार, २५ असार २०८२
काठमाण्डौं । नेपालको निर्जीवन बीमा क्षेत्रमा बिगत आठ बर्ष देखि बीमा सेवा प्रदान गर्दै आइरहेको सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले मिति २०८२ असार २३ गते आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका अन्तर्गतका तीनवटा बिद्यालयहरुमा बिद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरेको छ ।

यस कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १२ ढिकालेथरमा रहेको सरस्वती आधारभुत बिद्यालयमा रु १,३५,०००।०० रकम बराबरको १५ थान फलामेडेस्क, बेन्च हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष श्री सन्तोष बास्तोला, विशेष अतिथि नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख श्री शम्भु प्रसाद मिश्र, अतिथिमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बल बहादुर कार्की, प्रधानध्यापक श्री रुद्र बहादुर रानाभाट रहनुभएको उक्त कार्यक्रमको सभा अध्यक्ष सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सुधुम्न प्रसाद उपाध्यायले गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालन कम्पनीका कर्मचारी श्री अनिस रन्जीतले गर्नुभएको थियो । उक्त कार्यक्रममा वडा नं. १२ का जनप्रतिनिधि, बिद्यालय व्यवस्थापन समितिका सदस्य, स्थानिय बासिन्दा, सो बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थी र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका कर्मचारी सहितको उपस्थीति रहेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि तथा अन्य वक्ता महानुभावहरुले आफनो अमुल्य राय तथा सुझावमा यस्ता खालका कार्यक्रमहरुले निम्न आय तथा फरक क्षमता भएका बिद्यार्थीहरुको क्षमता अभिबृद्धिमा समेत सकारात्मक प्रभाव पार्ने भन्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।।

IMG-20250709-WA0001.jpg
undefined

सोहि दिन दोस्रो कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १० कुडँहरमा रहेको कुडँहर आधारभुत बिद्यालयमा रु. १,००,०००। रकम बराबरको बिद्यालयलाई आवश्यक विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो। उक्त बिद्यालयमा रहेका बिशेष क्षमता भएका बिद्यार्थीहरुलाई मध्यनजर गरेर सामाग्री हस्तान्तरण गरिएको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष श्री राजेश गुरुब, विशेष अतिथि नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख श्री शम्भु प्रसाद मिश्र, अतिथिहरुमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री अनिता तिमिल्सेना, प्रधानध्यापक श्री नन्द किशोर बराल हुनुहुन्थ्यो । उक्त कार्यक्रमको सभाध्यक्ष सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सुधुम्न प्रसाद उपाध्यायले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कम्पनीका कर्मचारी श्री अनिस रन्जीतले गर्नुभएको थियो ।

तेस्रो कार्यक्र अन्र्तगत पोखरा महानगरपालिका वडा नं. ३२ मा रहेको चन्द्रज्योति आधारभुत बिद्यालयमा रु १,००,०००। रकम बराबरको बिद्यालयलाइ आवश्यक बिभिन्न खेलकुद सामाग्री हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ३२ का वडा सदस्य श्री तिर्थ बहादुर सुयल, विशेष अतिथि नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख श्री शम्भु प्रसाद मिश्र, अतिथिहरुमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नारयण प्रसाद पाण्डे, प्रधानध्यापक श्री ढुन्डीराज पौडेल र निप्स पोखरा च्याप्टरका अध्यक्ष श्री बद्रिनाथ पौडेल हुनुहुन्थ्यो । उक्त कार्यक्रमको सभाध्यक्ष सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सुधुम्न प्रसाद उपाध्यायले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कम्पनीका कर्मचारी श्री अनिस रन्जीतले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा वडा नं. ३२ का जनप्रतिनिधि, बिद्यालय व्यवस्थापन समितिका सदस्य, स्थानिय, बासिन्दा, सो विद्यालयमा अध्ययन गर्ने बिध्यार्थि र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका कर्मचारी सहितको उपस्थीति रहेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि तथा अन्य वक्ताहरुले आफनो अमुल्य राय तथा सुझावमा यस्ता खालका कार्यक्रमहरुले निम्न आय तथा फरक क्षमता भएका विद्यार्थीहरुको क्षमता अभिबृद्धिमा समेत सकारात्मक प्रभाव पार्ने भन्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।

सम्बन्धित समाचार