Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सानिमा जिआईसीले बोलायो साधारण सभा , २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने

सानिमा जिआईसीले बोलायो साधारण सभा , २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने

अर्थ प्लस
सानिमा जिआईसीले बोलायो साधारण सभा ,  २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं, चैत २ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड (SGIC) ले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। सो प्रस्ताव पारित गर्न इन्स्योरेन्सले छैठौँ वार्षिक साधारण सभा बोलाएको छ।

सो सभा चैत २९ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हकप्रद शेयर जारी गर्ने प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

सम्बन्धित समाचार