Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

अर्थ प्लस
प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

आषाढ ३०, २०८२ सोमवार
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने जानकारी दिए । प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीति, सरकारको एक वर्षे कार्यकाल, पछिल्ला विभिन्न काण्ड लगायत विषयमा धारणा राख्ने छन् ।

सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन गरेको छ ।

सम्बन्धित समाचार