Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

हकप्रद ल्याउन प्रभु महालक्ष्मी लाइफले धितोपत्र बोर्डसँग माग्यो अनुमति

हकप्रद ल्याउन प्रभु महालक्ष्मी लाइफले धितोपत्र बोर्डसँग माग्यो अनुमति

अर्थ प्लस
हकप्रद ल्याउन प्रभु महालक्ष्मी लाइफले  धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले गत फागुन २२ गते हकप्रद शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो।

कम्पनीले ७३ करोड ३ लाख २० हजार रुपैयाँबराबरको हकप्रद ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७३ लाख ३ हजार २०० कित्ता हकप्रद आफ्ना शेयरधनीहरुलाई बिक्री खुलाउनेछ।

 

कम्पनीले चुक्तापुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँको १७ प्रतिशत अर्थात १ः०.१७ अनुपातमा हकप्रद ल्याउन लागेको हो। यो हकप्रद ल्याउने अजेन्डा कम्पनीको गत पुस २९ गतेसम्म छैटौँ वार्षिक साधारणसभाले पारित गरेको थियो।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब २ करोड ६३ लाख २० हजार रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार