Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

क्रेष्ट माइक्रो लाइफको साधारण सभा आज बस्दै, आईपीओ निष्काशन मुख्य एजेण्डा

क्रेष्ट माइक्रो लाइफको साधारण सभा आज बस्दै, आईपीओ निष्काशन मुख्य एजेण्डा

अर्थ प्लस
क्रेष्ट माइक्रो लाइफको साधारण सभा आज बस्दै, आईपीओ निष्काशन मुख्य एजेण्डा

काठमाडौं, ५  चैत । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा आज (चैत्र ५ गते) बस्दैछ । सभा शुभ होटल प्रा.लि., चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले सर्वसाधारणमा प्राथमिक शेयर अर्थात् आईपीओ निष्काशनको प्रस्ताव पारित गर्नेछ । साथै, आईपीओ निष्काशन तथा सोसम्बनधी सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभाले वार्षिक प्रतिवेदन सहित गत आवको नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्नेछ । त्यस्तै, संचालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र संचालकको नियुक्ती गर्ने र संचालक समितिका पदाधिकारीहरुको पारिश्रमिक, भत्ता तथा सुविधा निर्धारण गर्नेछ ।

सम्बन्धित समाचार