Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

पूर्वराष्ट्रपति विद्या भण्डारीले आज दिउँसो पत्रकार सम्मेलन गर्दै

पूर्वराष्ट्रपति विद्या भण्डारीले आज दिउँसो पत्रकार सम्मेलन गर्दै

अर्थ प्लस
पूर्वराष्ट्रपति विद्या भण्डारीले आज दिउँसो पत्रकार सम्मेलन गर्दै

शुक्रबार, ०९ साउन २०८२
काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले आज पत्रकार सम्मेलन गर्ने भएकी छिन् । दिउसो ३ बजे बबरमहल स्थित कार्की व्याङ्क्वेटमा उनले पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।

उनी निकट एक नेताका अनुसार साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न लागेकी हुन् ।

भण्डारीले राजनीतिमा गर्न पाउने संवैधानिक हक भएको भन्दै एमाले निर्णयको राजनीतिक प्रतिवाद गर्ने तयारीमा छिन् ।यसअघि उनले आफू राजनीतिमा आइसकेकोले पछि नहट्ने प्रतिक्रिया दिँदै आएकी थिइन् ।  त्यसका लागि देशव्यापी राजनीतिक अभियान चलाउने उनको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार