Logo

Nov 08 2026 | २०८३, कात्तिक २३गते

images

सानिमा बैंकको अन्तर बैंक टेलर QR कारोबार सेवा सञ्चालनमा

सानिमा बैंकको अन्तर बैंक टेलर QR कारोबार सेवा सञ्चालनमा

अर्थ प्लस
सानिमा बैंकको अन्तर बैंक टेलर QR कारोबार सेवा सञ्चालनमा

शुक्रबार, ०९ साउन २०८२
काठमाडौँ । डिजिटल बैंकिङ्ग प्रबिधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरुलाई सहज र सरल रुपमा सुबिधा दिने उद्देश्य लिई सानिमा बैंकले फोनपेसंगको सहकार्यमा अन्तर बैंक टेलर QR कारोबार सेवा सञ्चालनमा ल्याएको छ ।

यस सेवा अन्तर्गत ग्राहकहरुले फोनपे नेटवर्कमा आबद्घ अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सकिनेछ। यो सेवाले दुर्गम स्थानका शाखामा सिमित एटिएम पहुँच भएका ग्राहकहरूलाई आपतकालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ । साथै, अन्य सेवा शुल्क जस्तै अनलाइन शुल्क: FCY सटही भुक्तानीका लागि पनि उपयोगी हुनेछ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् । 

सम्बन्धित समाचार