Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

मौसम पूर्वानुमान महाशाखाको बुलेटिन जारी, आज दिउँसो र राति कहाँ कहाँ पर्छ पानी ?

मौसम पूर्वानुमान महाशाखाको बुलेटिन जारी, आज दिउँसो र राति कहाँ कहाँ पर्छ पानी ?

अर्थ प्लस
मौसम पूर्वानुमान महाशाखाको बुलेटिन जारी, आज दिउँसो र राति कहाँ कहाँ पर्छ पानी ?

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति हुन सम्भावित वर्षाबारे जानकारी दिएको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,

आज दिनमा: देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना छ।

आज रातमा: कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

सम्बन्धित समाचार