Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै

नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै

अर्थ प्लस
नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयक संघीय संसद्को चालू अधिवेशनबाट नै पारित गर्नेगरी काम भइरहेको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले बताएका छन्। 

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ का संशोधनकर्ताहरुसँगको  छलफलपछि समितिका सभापति यादवले सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख भइसकेकाले चालु अधिवेशनबाट नै उक्त विधेयक पारित हुनेमा आफू विश्वस्त रहेको बताए। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहितको उपस्थितिमा भएको छलफलमा संशोधनकर्ता सांसदहरू माधव सापकोटा, शिशिर खनाल, निशा डाँगी, मनिष झा, राजेन्द्र बजगाईंले आफ्ना धारणा प्रस्तुत गरेका थिए। 

सम्बन्धित समाचार