Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

अमेरिकी डलरको बिक्री मूल्य १४०.१८ रुपैयाँ पुग्दा महँगियो युरोदेखि रियालसम्म

अमेरिकी डलरको बिक्री मूल्य १४०.१८ रुपैयाँ पुग्दा महँगियो युरोदेखि रियालसम्म

अर्थ प्लस
अमेरिकी डलरको बिक्री मूल्य १४०.१८ रुपैयाँ पुग्दा महँगियो युरोदेखि रियालसम्म

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ९४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८७ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ  ५८ पैसा र बिक्रीदर ९० रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ २२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४६ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ३८ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा तोकिएको छ ।

note.JPG

सम्बन्धित समाचार