Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य महिला हिंसाको अभियोगमा बर्खास्त

राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य महिला हिंसाको अभियोगमा बर्खास्त

अर्थ प्लस
राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य महिला हिंसाको अभियोगमा बर्खास्त

काठमाडौं, ६ चैत । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यबाट बर्खास्त भएका छन् । राष्ट्र बैंक महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा उनलाई बर्खास्त गरिएको हो ।

थानेश्वर बर्खास्त भएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डिल्लीराम पोखरेलले बताएका छन् ।

बैंकको निर्णयमा राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख)को ९१० बमोजिम भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी आचार्यलाई मंगलबारदेखि सेवाबाट हटाइएको उल्लेख छ।

गत पुस २७ गते बैंकले नगरकोटमा आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी दुईदिने कार्यक्रमको पहिलो दिन आचार्यले बैंकका कर्मचारीमाथि दुर्व्यवहार गरेका थिए। तालिम सकिएपछि आयोजित रात्रिभोजमा संलग्न भइरहेका बेला आचार्यले दौडिएर पछाडिबाट अंगालो मार्ने प्रयास गरेको बताइएको छ ।

तर उनलाई नै बदनाम गर्न आचार्य र उनी निकट कर्मचारीहरू लागेपछि ती महिलाले बैंकका गर्भनर महाप्रसाद अधिकारीसमक्ष घटनाको छानबिन र दोषीमाथि कारबाहीका लागि लिखित उजुरी दिएकी थिइन्।

सम्बन्धित समाचार