Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल फाईनान्सको १.४० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल फाईनान्सको १.४० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थ प्लस
नेपाल फाईनान्सको १.४० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं, ६ चैत । नेपाल फाईनान्स लिमिटेडले संस्थापक शेयरधनी निरज श्रेष्ठको नाममा रहेको एक लाख ४० हजार ९६३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

यस शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित प्रतिकित्ता मूल्यसमेत तोकि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

आवेदन कम्पनीको शेयर रजिष्ट्रार, प्रभु क्यापिटल वा कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले बताएको छ ।

 

सम्बन्धित समाचार