Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने रिजल्ट ?

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने रिजल्ट ?

अर्थ प्लस
कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने रिजल्ट ?

सोमबार, १९ साउन २०८२
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बोर्डले नतिजा सार्वजनिक गरेको हो । कक्षा १२ को परीक्षा गत वैशाख २१ गते देखि सञ्चालन गरिएको थियो ।

परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए । त्यस्तै आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए ।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ ।

यस्तै एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।

आईभीआर सेवा प्रयोग गर्न चाहनेले नेपाल टेलिकमको १६०१ नम्बरमा फोन गरी निर्देशनअनुसार नतिजा सुन्न सक्नेछन्। त्यसैगरी, *१६०१# डायल गरी यूएसएसडी सेवा प्रयोग गरेर पनि नतिजा हेर्न सकिन्छ।

सम्बन्धित समाचार