Logo

Nov 08 2026 | २०८३, कात्तिक २३गते

images

‘नेप्से एआई’ एप डाउनलोड गर्दा बैंकबाट करोडौं रकम गायब, सावधान रहन सीआईबीको आग्रह

‘नेप्से एआई’ एप डाउनलोड गर्दा बैंकबाट करोडौं रकम गायब, सावधान रहन सीआईबीको आग्रह

अर्थ प्लस
‘नेप्से एआई’ एप डाउनलोड गर्दा बैंकबाट करोडौं रकम गायब, सावधान रहन सीआईबीको आग्रह

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ‘नेप्से एआई’ नामक एपमार्फत ठगी गर्ने घटनाबारे सर्वसाधारणलाई सावधान रहन आग्रह गरेको छ। 

सेयर बजारको विश्लेषण गर्ने नाममा सामाजिक सञ्जालमार्फत प्रचार गरिएको ‘नेप्से एआई’ नामक मोबाइल एप डाउनलोड गरेपछि करोडौं रुपैयाँ बैंक खाताबाट गायब भएको घटना हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरीहरू दर्ता भएपछि यो विषय बाहिरिएको हो । 

हालैको मात्र एक व्यक्तिले फेसबुकमा देखिएको विज्ञापनबाट उक्त एप डाउनलोड गरेपछि उनको मोबाइल स्क्रिन केही समय ब्ल्याक भएको र बैंक खाताबाट करिब २८ लाख ६१ हजार रुपैयाँ चोरी भएको उजुरी परेको ब्यूरोले जनाएको छ।

सीआईबीले यस्ता घटनाबाट बच्न टु(फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्ने, पासवर्ड समय समयमा परिवर्तन गर्ने, अपरिचित लिंक वा विज्ञापनमार्फत एप इन्स्टल नगर्ने, रिमोट एक्सेस कसैलाई नदिने तथा आधिकारिक स्रोतबाट मात्र एप डाउनलोड गर्ने सुझाव दिएको छ।

सम्बन्धित समाचार