Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सानिमा रिलायन्स लाइफको एकीकृत कारोबारको बार्षिकोत्सव भव्यताका साथ मनाईदै

सानिमा रिलायन्स लाइफको एकीकृत कारोबारको बार्षिकोत्सव भव्यताका साथ मनाईदै

अर्थ प्लस
सानिमा रिलायन्स लाइफको एकीकृत कारोबारको बार्षिकोत्सव भव्यताका साथ मनाईदै

काठमाडौं, ९ चैत । वि.स. २०७४ सालमा बीमा प्राधिकरणले नयाँ लाईसेन्स वितरण गर्ने क्रममा एकै आर्थिक बर्षभित्रै लाइसेन्स पाएका सानिमा लाइफ र रिलायन्स लाइफले एकीकृत शुभारम्भ गरेको एक बर्ष पूरा भएको छ।

६ बर्ष सफलतापूर्वक व्यवसाय गर्दै आएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा प्राधिकरणले तोकेको क्यापिटल पुँजी पुराउन एकिकृत कारोबार शुभारम्भ गरेको सानिमा रिलायन्स लाइफले एकीकृत कारोबारको एक बर्ष आज मनाउन लागेको हो ।

दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट आजबाट एकिकृत कारोबार भएको दिनलाई नै आधार मानेर प्रथम बाािर्षकोत्सव विविध कार्यक्रमका साथ भव्यताका साथ मनाउन लागेको कम्पनीका सिईओ शिवनाथ पाण्डेले बताएका छन् ।

कमपनीले आफनो एकीकृत बार्षिकोत्सवको अवसरमा, प्रभातफेरी, रक्तदान कार्यक्रम र विविध सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम देशैभरबाट एकसाथ मनाउन लागिएको सिईओ पाण्डेले बताए ।

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृती प्रदान प्रदान गरेको थियो ।

त्यस्तै फागुन २९ गते कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंबाट गाभ्ने गाभिने कम्पनीको मर्जर हुने अन्तिम दिनसम्म कायम रहने सम्पुर्ण सम्पत्ति र दायित्वहरु नयाँ बन्ने कम्पनीले सानिमा रिलायन्स लाइफले सकार्ने गरी स्वीकृति पाएको थियो ।

त्यस अनुसार संयुक्त मर्जर समितिको चैत ५ गते बसेको बैठकले मर्जर पश्चात सानिना रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट रजिष्टर्ड तथा प्रधान कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरमा रहने निर्णय गरेको हो ।

सानिमा लाइफ र रिलायनस लाइफले चैत ९ गते दुई कम्पनी एक भएर एकीकृत कारोबार शुभारम्भ गरेका थिए। आजको दिनमा कम्पनीमा एकीकृत कारोबार मार्फत कम्पनी सानिमा रिलायन्सको नामाकरण भएको दिन हो ।

रिलायन्स लाइफको २ अर्ब १० करोड र सानिमा लाइफको २ अर्ब चुक्ता पुँजी रहेको सानिमा रिलायन्स कम्पनी अहिलो ४ अर्ब १८ करोड रुपैयाँको चुक्ता पुँजी भएको कम्पनी बन्न सफल भएको छ।

सम्बन्धित समाचार