Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

हिमालयन रि इन्स्योरेन्सले देशबाहिर पनि शाखा विस्तार गर्ने

हिमालयन रि इन्स्योरेन्सले देशबाहिर पनि शाखा विस्तार गर्ने

अर्थ प्लस
हिमालयन रि इन्स्योरेन्सले देशबाहिर पनि शाखा विस्तार गर्ने

काठमाडौं, चैत्र १० । हिमालयन रि इन्स्योरेन्स देशबाहिर पनि शाखा विस्तारको प्रकृया अघि बढाएको छ। कम्पनीले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा विस्तार गर्ने प्रकृया अगाडि बढाएको जानकारी दिएको हो ।

तेस्रो देशबाट पुनर्बीमा व्यवसाय भित्र्याउनतिर जुटेको छ । बहुप्रतिष्ठित रेटिङ एजेन्सी एएम बेस्टबाट बी प्लस रेटिङ पाएसँगै कम्पनी तेस्रो देशबाट पुनर्बीमा व्यवसाय भित्र्याउनतिर जुटेको हो।

यसका लागि ती देशमा शाखा विस्तार गर्न सके कम्पनीलाई युरोप, मध्यपूर्व, दक्षिणपूर्व, अफ्रिका तथा अष्ट्रेलियाबाट पुनर्बीमा व्यवसाय भित्र्याउन मार्ग प्रशस्त हुने कम्पनीले बिहिबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

कम्पनीले भारतमा यसअघि नै शाखा खोलिसकेको छ । भारतबाट केही वर्षभित्रै १,००० करोड बराबरको पुनर्बीमा व्यवसाय भित्र्याउन सफल हुने कम्पनीको विश्वास रहेको जनाएको छ।

सम्बन्धित समाचार