Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

नाडा अटो शोमा दर्शकको बम्पर उपस्थिती, तीन दिनमै नयाँ रेकर्ड

नाडा अटो शोमा दर्शकको बम्पर उपस्थिती, तीन दिनमै नयाँ रेकर्ड

अर्थ प्लस
नाडा अटो शोमा दर्शकको बम्पर उपस्थिती, तीन दिनमै नयाँ रेकर्ड

काठमाण्डौ । नाडा अटो शो २०२५ मा अवलोकनकर्ताको ऐतिहासिक घूइँचो लागेको छ।  

यस वर्षको नाडा अटो शोमा केवल ३ दिनमै ७८,५१३ अवलोकनकर्ता सहभागी भएका नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले दाबी गरेको छ । 

'यो तथ्यांकले नेपाली जनतामा अटो शोप्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गर्दछ-आर्थिक चुनौती र कठिनाइबीच पनि।'-नाडाले विज्ञप्तिमा भनेको छ ।  

'नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका हैसियतले म यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिन्छु। यसले हाम्रो अपेक्षा अझ उचालिएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्यउन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ।'- अध्यक्ष करण चौधरीबाट जारी विज्ञप्तिमा भनिएको छ ।

चौधरीले ऐतिहासिक सफलतामा योगदान पुर्याउने सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्र्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाको तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन् ।  

सम्बन्धित समाचार