Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

लामखुट्टे मार्न आज काठमाडौं महानगरको मेगा अभियान ‘वाक एन्ड एक्ट’

लामखुट्टे मार्न आज काठमाडौं महानगरको मेगा अभियान ‘वाक एन्ड एक्ट’

अर्थ प्लस
लामखुट्टे मार्न आज काठमाडौं महानगरको मेगा अभियान ‘वाक एन्ड एक्ट’

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि आज एकदिने मेगा अभियान सञ्चालन गर्दैछ । बिहान ८ बजे राष्ट्रिय सभागृहबाट सुरु हुने अभियानलाई ‘वाक एन्ड एक्ट’ नाम दिइएको छ ।

यस अभियानको क्रममा लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपायबारे जानकारी दिन माइकिङ गर्ने लगायतका काम हुने महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए ।

गत साउन २७ गतेको विभागीय स्तरीय निर्णयअनुसार महानगरपालिका अन्तर्गतका सबै वडामा एकसाथ, एकै समयमा डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेगा अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।

यसअघि यस्तो अभियान महानगरपालिकाले हरेक हप्ताको शुक्रबार गर्दै आएको थियो ।

सम्बन्धित समाचार