Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

सीजीले भित्र्यायो ५०० किमि रेन्ज दिने नयाँ ईभी ‘आयोन वाई’

सीजीले भित्र्यायो ५०० किमि रेन्ज दिने नयाँ ईभी ‘आयोन वाई’

अर्थ प्लस
सीजीले भित्र्यायो ५०० किमि रेन्ज दिने नयाँ ईभी ‘आयोन वाई’

काठमाडौं, चैत्र १३ । नेपाली अटो बजारमा थप एक नयाँ गाडि भित्रिएको छ । देशकै ठूलो व्यापारिक घराना चौधरी ग्रुपको सिजी मोटर्सले नयाँ चीनियाँ विद्युतीय गाडी आयोन वाई मोडलको एसयुभी नेपाली बजारमा ल्याएको हो ।

२७ सय ५० एमएएमको ह्वीलबेस, ५ वटा सिट, ४९० किलोमिटरको रेन्ज रहेको गाडीमा ब्याट्रिको पावर भने ६१.५ किलोवाटआवर रहेको छ । गाडीको मोटर पावर १०० किलोवाट क्षमताको छ भने यसले २२५ एनएम र्टक उत्पन्न गर्छ । गाडीमा वान वे ६.६ किलोवाटको चार्जर उपलब्ध छ ।

गाडीमा इलेक्ट्रिक पावर स्टेरिङ, फ्रन्ट तथा रियर दुबै ह्विलमा डिस्क ब्रेक, १४ इन्चको एचडी स्कृन, अल्ट्रा लार्ज प्यानारोमिक सनरुफ, स्काइलाइन एलईडी टेललाइट तथा एंगल वीङ्स एलईडी हेडलाइट लगायतको प्रिमियम सुविधाहरु रहेका छन् । एकपटक चार्ज गरे पाँच सय किलोमिटर गुड्ने कम्पनीको भनाइरहेको छ । विदेशीहरुको लोकप्रिय बन्न सफल उक्त गाडि नेपालमा समेत राम्रो बजारमा पाउने देखिएको छ ।

गाडीको उत्पादन चीनियाँ कम्पनी ग्वान्झाओ अटोमोबाइल ग्रुप कर्पोरेसन (जीएसी) मोटर्सले गरेको हो । विभिन्न सात रंगमा आएको आयोन वाइको मूल्य नेपाली बजारमा ५४ लाख ९९ हजार रुपैयाँ रहेको सिजी मोटर्सले जनाएको छ ।

सीजीका प्रवन्ध निर्देशक निर्वाण चौधरीले कम्पनीको थापाथली शोरुमबाट फागुनदेखि सार्वजनिक गरेका हुन् । गाडि सबै ग्राहकको पहिलो प्राथमिकतामा पर्ने आपेक्षा कम्पनीले लिएको छ । सवारीको आकर्षक डिजाइ र सहजताले ग्राहकलाई थप तान्न सक्ने विश्वा लिएको छ ।

सिजी मोटर्सले अहिले सम्म ४ वटा विद्युतीय सवारी नेपाली बजारमा ल्याइसकेको छ ।

सम्बन्धित समाचार