Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

कोटेश्वर अन्डरपास २०९० मा बनिसक्ने, यस्तो बन्नेछ नयाँ संरचना

कोटेश्वर अन्डरपास २०९० मा बनिसक्ने, यस्तो बन्नेछ नयाँ संरचना

अर्थ प्लस
कोटेश्वर अन्डरपास २०९० मा बनिसक्ने, यस्तो बन्नेछ नयाँ संरचना

काठमाडौं । कोटेश्वर अन्डरपास वि.सं.२०९० मा बनिसक्ने भएको छ । सरकारले तयार गरेको समय तालिका अनुसार उक्त संरचना २०९० भदौ १५ गतेमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

जापान सरकारको झन्डै ३० अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको लागि यही सेप्टेम्बरमा ऋण सम्झौता हुनेछ ।आगामी वर्ष चैतसम्ममा डीपीआर तथा ईआईएको लागि परामर्शदाता कम्पनीसँग सम्झौता गर्ने र एक वर्षभित्र त्यसको प्रक्रिया टुङ्ग्याउने कार्यतालिका छ । 

उक्त परियोजनाका लागि त्यसपछि निर्माण कम्पनी छनोटको ठेक्का प्रक्रिया सुरु हुनेछ । २०२८ अप्रिलमा ठेक्का सम्झौता गर्ने र त्यसको ५२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

यस अनुसार तीनकुनेदेखि त्रिभुवन विमानस्थलसम्म ६६४ मिटरको फ्लाइओभर बन्नेछ । विमानस्थलभित्र ७०० मिटरको सुरुङ तथा त्रिभुवन विमानस्थलदेखि जडिबुटी हुँदै मनोहरासम्म २३८ मिटरको अर्को फ्लाइओभर बन्नेछ । 

अहिले उक्त परियोजनाका लागि जापानी सहयोग नियोग जाइकाले परामर्शदाता छनोट गरी प्रारम्भिक सर्वेक्षण रिपोर्ट तयार गरेको सडक विभागले जनाएको छ।

सम्बन्धित समाचार