Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

आज मनसुन गतिविधि बढ्ने, यी प्रदेशहरूमा पर्नेछ भारी वर्षा

आज मनसुन गतिविधि बढ्ने, यी प्रदेशहरूमा पर्नेछ भारी वर्षा

अर्थ प्लस
आज मनसुन गतिविधि बढ्ने, यी प्रदेशहरूमा पर्नेछ भारी वर्षा

काठमाडौँ - हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । 

लुम्बिनी प्रदेशको तराइको भुभाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भुभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार