Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

पहिरो हटेपछि पुनः सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

पहिरो हटेपछि पुनः सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

अर्थ प्लस
पहिरो हटेपछि पुनः सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

भरतपुर । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको थियो । 

पहिरो पन्छाएपछि बिहान ८:०० बजेबाट सडक दुवैतर्फ सञ्चालनमा आएको छ ।  यद्यपि ढुंगा खस्ने क्रम कायमै रहेकोले सावधानी पूर्वक यात्रा गर्न सडक सुपरभाइजर ईश्वर क्षेत्री आग्रह गरेका छन् ।

सडक सञ्चालनमा आएसँगै बिहानदेखि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

सम्बन्धित समाचार