Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

फागुनसम्ममा जीवन बीमा कम्पनीहरूले संकलन गरे ९८ अर्बमाथि बीमा शुल्क, कुनले कति ? (सूचीसहित)

फागुनसम्ममा जीवन बीमा कम्पनीहरूले संकलन गरे ९८ अर्बमाथि बीमा शुल्क, कुनले कति ? (सूचीसहित)

अर्थ प्लस
फागुनसम्ममा जीवन बीमा कम्पनीहरूले संकलन गरे ९८ अर्बमाथि बीमा शुल्क, कुनले कति ? (सूचीसहित)

८ महिनामा जीवन बीमा कम्पनीहरुले १ करोड ३७ लाख रुपैयाँ बीमा पोलिसी बिक्री गरी ९८ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

काठमाडौँ, १३ चैत । चालु आर्थिक वर्ष २०८०/८१ को फागुन सम्ममा जीवन बीमा कम्पनीहरुले कुल ९८ अर्बमाथि बीमा शुल्क संकलन गरेका छन् । 

नेपाल बीमा प्राधिरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ८ महिनामा हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हुन् । उक्त समयमा यी बीमा कम्पनीहरूले १ करोड ३७ लाख ८० हजार रुपैयाँ बीमा पोलिसी बिक्री गरेका छन् । 

यस समिक्षा अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कूल बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा यस कम्पनीले २६ अर्ब ३० करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । 

यस्तै, एलआइसी नेपालले ११ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । नेशनल लाइफले ११ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी, हिमालयन लाइफले ११ अर्ब १८ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ भने, सूर्यज्योति लाइफले ५ अर्ब ७० करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । 

यता, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब २३ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । एशियन लाइफले ५ अर्ब १५ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । त्यसैगरी सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । 

सिटिजन लाइफले ३ अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । मेट लाइफले ३ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । आइएमई लाइफले २ अर्ब ८२ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । 

प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले २ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । सन नेपाल लाइफले २ अर्ब ४७ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ ।

1.JPG

सम्बन्धित समाचार