Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

अण्डाको मूल्य फेरि बढ्यो, प्रति क्रेट ५४५ रुपैयाँ पुग्यो

अण्डाको मूल्य फेरि बढ्यो, प्रति क्रेट ५४५ रुपैयाँ पुग्यो

अर्थ प्लस
अण्डाको मूल्य फेरि बढ्यो, प्रति क्रेट ५४५ रुपैयाँ पुग्यो

काठमाडौं– नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य फेरि बढाएको छ ।  संघ कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार भोलिबाट लागू हुनेगरी अण्डाको मूल्य बढेको हो ।

अब फार्मबाट होलसेल मूल्य प्रति क्रेट ठुलो अण्डा ५४५ रुपैयाँ, मिडियम अण्डा ५३० रुपैयाँ प्रति क्रेट र सानो अण्डा ३ हजार रुपैयाँ  प्रति पेटी तोकिएको हो । उपभोक्ताका लागि अण्डाको नयाँ मूल्य प्रति गोटा २३ रुपैयाँ २ गोटाको ४५ रुपैयाँ तोकिएको छ ।

यसअघि ४ भदौमा अण्डाको मूल्य बढाएर प्रति क्रेट ठुलो अण्डा ५३० रुपैयाँ तोकेको थियो । यस्तै मिडियम अण्डाको मूल्य ५१५ रुपैयाँ प्रतिक्रेट तोकिएको थियो । 

संघले चितवनबाट लोड भई देशभरिका अण्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी  १३० रुपैयाँ थप लाग्ने जानकारी गराएको छ ।

सम्बन्धित समाचार