Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

'आइएमई पे’ मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा नगद बोनस पनि पाइने

'आइएमई पे’ मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा नगद बोनस पनि पाइने

अर्थ प्लस
'आइएमई पे’ मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा नगद बोनस पनि पाइने

काठमाडौँ, १३ चैत । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले विदेशबाट रेमिट्यान्स प्राप्त गर्दा बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । कम्पनीले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । 

फागुन १० गतेबाट  सुरु भएको सो अफर दुइ महिनासम्म रहनेछ । 

सो अफर अन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले  मनिग्राममार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ  बोनससम्म प्राप्त गर्न सक्नेछन् । 

मनि ग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत  पठाइएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा  पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने छ । 

आइएमई पे’मार्फत  संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।

सम्बन्धित समाचार