Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

तोकेको समयमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिनेछ: प्रविधि मन्त्री गुरुङ

तोकेको समयमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिनेछ: प्रविधि मन्त्री गुरुङ

अर्थ प्लस
तोकेको समयमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिनेछ: प्रविधि मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने स्पष्ट पारेका छन् । 

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्ले नै सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा आह्वान गरिसकेको भन्दै सरकारले तोकेको समयमा दर्ता नभए सामाजिक सञ्जाल बन्द गरिने बताएका हुन् ।

उनले यसअघि पटक पटक दर्ताका लागि मौका दिए पनि केही सामाजिक सञ्जाल अझै नेपालमा दर्ता नभएकाले अब अन्तिम पटकका लागि दर्ता गर्न आह्वान गरिएको बताएका छन् ।

भाद्र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जबाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार मन्त्रालयमा सूचीकरणको लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय थियो । 

सम्बन्धित समाचार