Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आरम्भ चौतारी लघुवित्तको कहिले बस्दैछ साधारण सभा ?

आरम्भ चौतारी लघुवित्तको कहिले बस्दैछ साधारण सभा ?

अर्थ प्लस
आरम्भ चौतारी लघुवित्तको कहिले बस्दैछ साधारण सभा ?

काठमाडौं, १४ चैत । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश विनानै वार्षिक साधारण सभा चैत ३० गते बोलाएको छ। सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। 

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ। साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ। 

सभा प्रयोजनका लागि कम्पनीले चैत २१ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, चैत २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्। सभा बनेपा पार्टी भेन्यु, बनेपा-८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सुरु हुनेछ। 

सम्बन्धित समाचार