Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

घरजग्गा कारोबारमा २८ प्रतिशतले कमी आयो

घरजग्गा कारोबारमा २८ प्रतिशतले कमी आयो

अर्थ प्लस
घरजग्गा कारोबारमा २८ प्रतिशतले कमी आयो

काठमाडौं–चालू आर्थिक वर्षको साउन महिनामा घरजग्गा कारोबारमा कमी आएको छ । आर्थिक वर्ष २०८१÷०८२ को साउन महिनाको तुलनामा आर्थिक वर्ष २०८२/०८३ को सोहि महिनामा घरजग्गा कारोबार २८ प्रतिशतले कमी आएको हो । २०८१ साउनमा नेपालभरि ४३ हजार ८ सय ३५ वटा घरजग्गा कारोबार भएका थिए ।

२०८२ साउनमा भने ३१ हजार ६ सय २१ वटा मात्रै घरजग्गा कारोबार भएका छन् । गत असारमा देशभरि ५५ हजार ५ सय २४ वटा कारोबार भएका थिए । समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ३ हजार २० घरजग्गा कारोबार भएका छन् । साउनमा ललितपुर लगनखेल मालपोत कार्यालयबाट ६ सय १६ र गोटीखेल मालपोत कार्यालयबाट ६ वटा मात्रै घरजग्गा कारोबार भएको छ ।

भक्तपुर मालपोत कार्यालयबाट ८ सय २० कारोबार भएको छ । काठमाडौंमा डिल्लीबजार मालपोत कार्यालयबाट १ सय ६३, चाबहिल मालपोत कार्यालयबाट ३ सय ६२, कलंकी मालपोत कार्यालयबाट ४ सय ६६, मनमैजु मालपोत कार्यालयबाट २ सय ४, साँखु मालपोत कार्यालयबाट २ सय ६३ र टोखा मालपोत कार्यालयबाट १ सय ११ घरजग्गा कारोबार भएका हुन् ।
 

सम्बन्धित समाचार