Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

विश्व बैंकले नेपाललाई ४२.७ अर्ब डलर उपलब्ध गराउने

विश्व बैंकले नेपाललाई ४२.७ अर्ब डलर उपलब्ध गराउने

अर्थ प्लस
विश्व बैंकले नेपाललाई ४२.७ अर्ब डलर उपलब्ध गराउने

काठमाडौं–विश्व बैंकले २०२५ र २०३१ को बीचमा देश साझेदारी ढाँचाअन्तर्गत नेपाललाई लगभग ४२.७ अर्ब उपलब्ध गराउने लक्ष्य राखेको छ । दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष जोहान्स जुटले नेपालको पहिलो पाँच दिने औपचारिक भ्रमण पूरा गरेर फर्किने क्रममा उक्त विषय राखेका हुन् ।

उपाध्यक्ष जुटले शान्ति सुदृढीकरण, सेवा सुधार, लोडसेडिङ अन्त्य, र २०१५ को भूकम्प र कोभिड महामारीबाट मुक्ति पाएको नेपालको प्रगति प्रशंसनीय रहेको बताए । जुटले विश्व बैंक समूहको नेपालका लागि नयाँ देश साझेदारी ढाँचाबारे सरकारको १६औं योजनासँग सम्बन्धित विषयबारे चर्चा गरेका हुन् । उनले नेपालका दुई सबैभन्दा महत्त्वपूर्ण विकास चुनौती रोजगारी सिर्जना र विपद् उत्थानशीलतामा केन्द्रित हुनुपर्ने औंल्याएका छन् ।

यसको प्रमुख उद्देश्य पर्यटन र डिजिटल विकाससहित प्रतिस्पर्धात्मक एवं लगानी बढाउन व्यावसायिक वातावरण सुधारेर रोजगारी सिर्जना रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ । पाँचदिने भ्रमणका क्रममा उनले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग भेट गरेका थिए ।

सम्बन्धित समाचार