Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

ध्वस्त संरचना पुनर्निर्माणमा नागरिक सहकार्य गर्न प्रधानमन्त्री कार्कीको आग्रह

ध्वस्त संरचना पुनर्निर्माणमा नागरिक सहकार्य गर्न प्रधानमन्त्री कार्कीको आग्रह

अर्थ प्लस
ध्वस्त संरचना पुनर्निर्माणमा नागरिक सहकार्य गर्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालैका जेन-जी प्रदर्शनका क्रममा ध्वस्त पारिएका संरचनाको पुनर्निर्माणमा नागरिकलाई सक्रिय भूमिका खेल्न आग्रह गरेकी छन्।

आइतबार सिंहदरबारमा पदभार ग्रहणपछि उच्चपदस्थ अधिकारीहरूसँगको भेटघाटमा उनले, "हामी आफ्नै तर्फबाट, आफ्नै जनताबाट पहल गरेर संरचना बनाउन सक्छौं," भन्दै नागरिक स्तरबाटै पुनर्निर्माण अभियान अघि बढाउन आह्वान गरिन्।

उनले सानोतिनो प्रयास पनि देशका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै भनिन्, "सानो संरचना भए पनि स्थानीय सामग्री प्रयोग गरेर प्रहरी बिट बनाउन सकिन्छ। सस्तो भए पनि कामचलाउ संरचना बनाउन सकिन्छ, त्यसलाई हामीले गर्नै पर्छ।"

२०७२ को भूकम्पपछि रेट्रोफिट गरिएका सिंहदरबार र सर्वोच्च अदालतजस्ता संरचना प्रयोगमै आउन नपाउँदै जलाइएका घटनालाई उनले "मुलुकविरुद्धको ठूलो चुनौती" भएको बताइन्।

कार्कीले महाराजगञ्ज प्रहरी वृत्त पुनर्निर्माणमा व्यापारीहरूले देखाएको सक्रियतालाई उदाहरणीय भन्दै जनस्तरमै यस्तो योगदान बढाउनुपर्नेमा जोड दिइन्। "व्यापारीहरूले नै प्रहरी बिट बनाउन जिम्मा लिएका छन्, यसले राज्यको खर्च पनि बचाएको छ," उनले भनिन्।

एक आपसमा आलोचना नगरी एकता र सहकार्यका साथ जेन-जी पुस्ताको सोचअनुसार अघि बढ्नुपर्नेमा प्रधानमन्त्री कार्कीले जोड दिएकी छिन्।

सम्बन्धित समाचार