काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर २ लाख १५ हजार २०० रुपैयाँ पुगेको छ, जबकि आइतबार यो मूल्य २ लाख १५ हजार १०० रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य पनि आइतबार तोलामा २ हजार ५७० रुपैयाँ रहेकोमा सोमबार ५ रुपैयाँले बढेर २ हजार ५७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
