Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

नवनियुक्त तीन मन्त्रीले गरे शपथग्रहण, कुन मन्त्रीलाई कुन मन्त्रालय ?

नवनियुक्त तीन मन्त्रीले गरे शपथग्रहण, कुन मन्त्रीलाई कुन मन्त्रालय ?

अर्थ प्लस
नवनियुक्त तीन मन्त्रीले गरे शपथग्रहण, कुन मन्त्रीलाई कुन मन्त्रालय ?

काठमाडौँ । सोमबार शीतल निवासमा आयोजित समारोहमा तीन नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्रीसहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याललाई शपथ गराएका हुन् ।

पूर्वसचिव खनालले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिइएको छ ।

अधिवक्ता तथा जेनजी आन्दोलनका सहजकर्ता अर्यालले गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्ने अवसर प्राप्त गरेका छन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिहरू उपस्थित थिए ।

सम्बन्धित समाचार