Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

सुनको भाउमा फेरी नयाँ रेकर्ड कायम

सुनको भाउमा फेरी नयाँ रेकर्ड कायम

अर्थ प्लस
सुनको भाउमा फेरी नयाँ रेकर्ड कायम

काठमाडौँ, १५ चैत । सुनको भाउमा फेरी नयाँ रेकर्ड कायम भएको छ। बिहीबार सुन तोलामा ११०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसअघि चैत ८ गते सुनको भाउ प्रतितोला २७ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो। बिहीबार सो रेकर्डलाई तोड्दै सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो।यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ५१० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सम्बन्धित समाचार