Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

अर्थ प्लस
नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष अमित कुमार कयालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/ ८२ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदनमाथि छलफल गर्दै सर्वसम्मतिमा पारित गरेको जनाएको छ । 

आर्थिक वर्ष २०८२/ ८३ का लागि लेखापरीक्षकमा पी. एल. श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गरिएको छ। अध्यक्ष कयालले कम्पनीलाई संरचनात्मक सुधार, संस्थागत सुशासन, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, तालिम तथा अनुसन्धान, वैज्ञानिक लगानी विविधिकरण र विश्वव्यापी लगानी अभ्यासमार्फत उदाहरणीय बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख कार्यकारी अधिकृत (CEO) सुभाष थापाले आर्थिक वर्ष २०८१ /८२ को कार्य प्रगतिबारे जानकारी गराउँदै २०८२ /८३ को रणनीतिक योजनाबारे सभामा प्रस्तुत गरे ।

मुख्य कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक कमलेश कुमार अग्रवालले बीमितहरूबाट संकलित रकम सुरक्षित लगानी गरी उत्कृष्ट प्रतिफल ल्याउन व्यवस्थापनलाई आग्रह गरे ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले लगानी गर्दा सही समय, स्थान र प्रतिफललाई प्राथमिकता दिन सुझाव दिँदै कम्पनीको ब्राण्ड ख्यातीलाई विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

सभाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट सिफारिस भई आएका सञ्चालकहरू कमलेश कुमार अग्रवाल, कृष्णराज लामिछाने, प्रवीण रमण पराजुली र अमित कुमार कयाललाई अनुमोदन गरेको छ।

त्यसैगरी, आजै बसेको सञ्चालक समिति बैठकले कमलेश कुमार अग्रवाललाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ। नवनियुक्त सञ्चालकहरूले पदबहाली पनि गरेका छन्।

सम्बन्धित समाचार